सुशासन प्रवर्द्धन सरकारको पहिलो प्राथमिकतामा: सञ्चारमन्त्री गुरुङ
पाेखरा | फागुन २४, २०८१
गण्डकी: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवर्द्धनसँगै सार्वजनिक सेवाको प्रभावकारिता सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ आईको तेस्रो राष्ट्रिय सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उहाँले सुशासन प्रवर्द्धन र सावर्जनिक सेवा प्रवाहको प्रभावकारिताका लागि सरकारले अध्यादेशमार्फत छवटा कानुन ल्याएको जानकारी दिनुभयो ।
भूमिसम्बन्धी अध्यादेश छलफलका क्रममा रहेको बताउँदै उहाँले अन्य अध्यादेश पारित भइसकेका उल्लेख गर्नुभयो ।
सेवा प्रवाहलाई छिटोछरितो बनाउन कतिपय कानुनहरू समस्याका रूपमा रहेका जनाउँदै मन्त्री गुरुङले ती समस्याको समाधानका लागि विभिन्न १२ वटा कानुन ल्याउने तयारीमा सरकार लागेको उल्लेख गर्नुभयो ।
कतिपय कामका सिलसिलामा विभिन्न मन्त्रालयमा समस्या रहेका पाइएको भन्दै उहाँले सम्बन्धित मन्त्रालयसँग समन्वय गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
सञ्चारमन्त्री गुरुङले २४० वर्षदेखिको सामन्तवादलाई अन्त्य गर्दै हामी लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरिसकेका जनाउँदै वर्तमान अवस्थामा राजकीय सत्ता एवं सार्वभौमसत्ता जनतामा निहित रहेको बताउनुभयो । हालको राजनीतिक प्रणालीलाई थप सुधार गर्दै अघि बढ्नु आवश्यक भएको उहाँको भनाइ छ ।
लायन्सका माध्यमबाट सामाजिक सेवाका क्षेत्रमा भएका कामको प्रशंसा व्यक्त गर्दै उहाँले नेतृत्व विकासमा पनि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
सामाजिक नेतृत्वबाट राजनीतिक नेतृत्व बन्न सक्ने बताउँदै मन्त्री गुरुङले समाजिक नेतृत्व बलियो नबन्दासम्म लोकतन्त्र तथा राज्य बलियो बन्न नसक्ने धारणा राख्नुभयो ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ आईका डिष्ट्रिक गभर्नर विनोद ढुङ्गानाले डिष्ट्रिकअन्तर्गतका लायन्स क्लबहरूले सामाजिक एवं मानवीय सेवाका क्षेत्रमा देखाएको क्रियाशीलता प्रशंसनीय भएको बताउनुभयो ।
उक्त अवसरमा लायन्सका गतिविधिमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...
काठमाडौं: नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचना, प्रविधि र सञ्चारबिनाको विकास अब सम्भव नभएको बताएका छन्। नेपाल टेलिकम वर्कर्स युनियनको १२ औँ महाधिवेशनक...

